कुमोद अधिकारी पुस १५ ।
कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारले सचिवालय स्थापना गरेको छ । भ्रमणवर्षको तयारी तथा गतिविधिको वारेमा जानकारी गराउन कोशी प्रदेस पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिवालय स्थापना गरिएको हो । सचिवालयको एक कार्यक्रमका विच पर्यटन, वनतथा वातावरण मन्त्री सदानन्द मण्डलले सुभारम्भ गर्नुभयो । सो अवसरमा वोल्नुहुदै उहाले कोशी प्रदेस सरकारले २०८२ साललाई कोशी प्रदेस भ्रमणवर्ष घोषणा गरेकाले यसलाई सफल वनाउन सवैलाई आग्रह गर्नुभयो । उहाले वढिभन्दा वढि पर्यटकलाई कोशी प्रदेसमा भित्राउन यो वर्ष मनाउन लागेको र त्यस्को तयारीका लागि सचिवालय स्थापना गरिएको वताउनुभयो । मन्त्री सदानन्द मण्डलले सचिवालयको उद्घाटन गरेर पर्यटन वर्ष २०८२ को शुभारम्भ भएको जानकारी दिनुभयो । पर्यटन वन तथा वातावरण मन्त्री मण्डलले आफ्नै संयोजकमा निजी क्षेत्रको तर्फबाट भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सह–संयोजक पदमा मनोनयन गरेर सचिवालयको स्थापना गरेको छ । त्यसैगरि मन्त्रालयका सचिव विशाल घिमिरेले निजि क्षेत्र तथा सरोकारवालाको सहकार्यमा प्रदेस सरकारले भ्रमण वर्ष मनाउन लागेकाले यसले पर्यटन प्रवद्धनमा मद्त पुग्ने वताउनुभयो ।

सह–संयोजक श्रेष्ठ र साहले आइतबारदेखि नै सचिवालयबाट पर्यटन गतिविधिलाई अगाडि बढाउने लक्ष्यका साथ काम सुरु गर्नु भएको छ । कोशी प्रदेश सरकारले २०८२ मा १६ लाख भारतीय पर्यटक भित्र्याउने तयारी गरेको छ । भारतको सिक्किम, विहार र उत्तर प्रदेशबाट विदेशी पर्यटक नेपाल भित्र्याउने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा १० करोड रुपैयाँ बजेट विनियोजन गरेर पर्यटन वर्षको कार्यक्रमलाई अगाडि बढाएको छ । कोशी प्रदेश सरकारले पर्यटन वर्षका लागि विनियोजन गरिएको १० करोड रुपैयाँ कर्मचारी व्यवस्थापनदेखि भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेछ । २०८२ वैशाख १ गते तेह्रथुम जिल्लाको लालिगुँरासको राजधानी तिनजुरे मिल्केमा प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ

तपाईको प्रतिक्रिया