मोरङ,१२ पुस ः कोशी प्रदेशका म्ख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान दु्रतगतिमा गर्नुपर्ने बताउनु भयो ।
अख्तियार दुरुपयोेग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा विहिवार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरी कार्यक्रममा उहाँले अनुसन्धानको क्रममा मुद्दा लाग्ने भए कार्य आगाडि वढाउनु पर्छ अन्यथा वाटो खोलि दिन् पर्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले कान्नले गर्न भनेका काम गलत ढङ्गले गरेको र नगर्नुपर्ने काम गरेका विषयमा आयोग थप जनशक्ति प्रयोग गरी समयमै फछर्याैट गर्नुपर्नेमा सुझाव दिनु भयो ।
मुख्यमन्त्री कार्कीले आयोगको अनुसन्धानका परिणाम प्रति सरकार जनता र सञ्चार जगत सन्तुष्ट नभएको समेत गुनासो व्यक्त्त गर्नु भयो ।
उहाँले आयोगले वेनामे उजरी नलिन आग्रह गर्दै यसबाट यसबाट भ्रष्टाचारजन्य अन्य मुद्दामा अनुसन्धानमा सहयोग पुग्ने विचार राख्न् भयो ।
मुख्यमन्त्री कार्कीले सुशासनको प्रत्याभूति दिन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताउनु भयो ।
उहाँले सम्पूर्ण जनप्रतिनिधिहरुले विधिको शासन र कानुनी प्रकिया मिलाएर कार्य गर्नुपर्नेमा जोड दिदै यसबाट मुलुकमा भ्रष्टाचारको अन्त्य भई सुशासन कायम हुने बताउनु भयो ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताउनु भयो ।
आयोगका आयुक्त डा हरि पौडेलले गलत प्रवृत्तिका उजरीलाई तामेलामा राख्ने गरेको जानकारी दिदै वेनामे उजुरीबाट ठूला भ्रष्टचारजन्य कार्यको जानकारी प्राप्त हुनेगरेको विचार राख्नु भयो ।
आयोगका सह न्यायायाधिवक्ता गंगा प्रसाद पौडेल र आयोगको इटहरी कार्यालयका प्रम्ख सुरेश न्यौपाले आयोगले गरेका कार्यका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
आयोगका उप सचिव निरजकुमार देवले मुलुकमा भ्रष्टारचार नियन्त्रण र सुशासन कायम गर्न सचेतना जगाउन प्रत्येक प्रदेशमा यस प्रकारको कार्यक्रमको आयोजना गर्ने उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेशका मन्त्रीहरु, महानगर, नगरपालिकाका, गाउँपालिकाका प्रमुखहरु, उपप्रमखहरुको कर्मचारीहरुको सहभागित रहेको थियो ।

तपाईको प्रतिक्रिया