काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले सम्भव नहुने बताउनुभएको छ ।

काठमाडौंमा आज गरिएको एक कार्यक्रममा गृहमन्त्री लेखकले सरकार र समुदायबीच सहकार्यले मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी कानुनहरु बलियो भए पनि कार्यान्वयन कमजोर रहेको स्वीकार गर्नुभयो ।

मन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश, जिल्ला र पालिकास्तरका संरचनालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । पूर्वसूचना प्रणालीलाई बलियो बनाउन सकिए पनि क्षति कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया