सुन्दरहरैंचा / पौष ९ गते
राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) सुन्दरहरैंचा नगरपालिकाले आयोजना नगरेको अन्तरविद्यालय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि पूर्व-प्राथमिक तह हिमालय इङलिस स्कुल र ब्लुबेल चिल्ड्रेन केयर होम दुवै विधालय प्रथम भएको छ । त्यसैगरी प्राथमिक तह तर्फ मोदरल्याण्डले प्रथम स्थान हासिल गरेको छ भने आधारभुत तह तर्फ कालीदेवी प्रथम भएको छ।
त्यसैगरी मंगलबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -२ मा रहेको पाठशाला एकेडमीको प्राङ्गणमा आयोजित सो प्रतियोगितामा पूर्व-प्राथमिक तह तर्फ गुरुकुल एकेडेमी, प्राथमिक तहतर्फ गुरुकुल र हिमालय दुवै विधालय दोस्रो भएका छ्न। त्यसैगरी आधारभुत तर्फ हिमालय र श्री इन्द्रपुर दोस्रो भएका छन ।
सो प्रतियोगितामा पूर्व-प्राथमिक तह तर्फ रेश्नल एकेडेमी तेस्रो भएका छन भने प्राथमिक तहमा पाठशाला र रेश्नल एकेडेमी दुवै विधालय तेस्रो र आधारभुत तहमा रेश्नल एकेडेमी तेस्रो स्थान हासिल गरेका छन ।
सुन्दरहरैंचा एन–प्याब्सनमा आवद्ध २० वटा विद्यालयबाट पाठशाला एकेडेमी , श्री इन्द्रपुर, गुरुकुल, हिमालय, ब्लू बेल्ड, रेश्नल एकेडेमी, कालीदेवी, बिराट एकेडमी, मोदरल्याण्ड सेकेण्डरी लगायतको सहभागिता रहेको एन–प्याब्सन अध्यक्ष खगेन्द्र धमलाले बताए । उनले विद्यार्थीहरुमा निहित प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
विजेता विद्यालयका विद्यार्थीहरुलाई नगर प्रवक्ता, नगर शिक्षा समिति संयोजक तथा वडा १२ का अध्यक्ष रोशन प्रसाद ढकाल, एन–प्याब्सन कोशी प्रदेश सचिव कमल खनाल लगायत शिक्षाप्रेमीले बिजेता विधार्थीलाई ट्रफी , पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
साथै सो कार्यक्रमा प्रमुख अथिति रहेका ढकाल कार्यक्रम सफलताको शुभकामना दिंदै सुन्दरहरैंचा शिक्षाको हब बन्दै गएकोमा बाह्र्यबाट सुन्दरहरैंचा अध्ययन गर्न र बसाई सरी आउनेको संख्यामा वृद्धि भइरहेको उलेख गरेका छन।
बिधार्थीको अन्तरनिहित क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमले गुणस्तरीय र प्रभावकारी शिक्षामा मदत पुग्ने भन्दै एन–प्याब्सन कोशी प्रदेश सचिव कमल खनाल किताबी ज्ञान मात्र होइन अतिरिक्त क्रियाकलाप र ब्यबहारिक तथा संस्कारयुक्त शिक्षा दिनमा एनप्याब्सन लागेको बताए।
गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्धेश्यले अंग्रेजी हिज्जे प्रतियोगिताको सञ्चालन गरीएको र एन प्याब्सन बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु बिच प्रतिष्पर्धाको आरम्भ गरेको थियो । एनप्याब्सन सुन्दरहरैंचाले बर्षेनी यस्ता कार्यक्रम गर्दै आएका छन।