काठमाण्डौ – पाँचथरमा चलिरहेको फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र फुटबल क्लब, काठमाण्डौ र झापा–११ खेल्दैछन् । खेल दिउँसो दुई बजे फिदिम माविको खेल मैदानमा शुरु हुनेछ ।

हिजो भएको उद्घाटन खेलमा भारतको करसाङ क्लबलाई हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी छन् ।

प्रतियोगिताको फाइनल खेल पुस १५ मा हुनेछ । विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । राष्ट्रिय विभूति फाल्गुनन्दको स्मृतिमा फाल्गुनन्द गोल्डकप हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया