प्रेम अब मुनामदन जस्तो होइन
सृजना र विवेकको जस्तो होस्।
दुःख र सुखका हर छालसँगै
गहिराइमा प्रेमको उज्यालो होस्।
माया जस्तो सुकै भए पनि
सधैं अमर, अजर भइ रहोस्।
मनको गहिरो कुनासम्म पुगेर
अन्त्यसम्म पनि उस्तै रहोस्।
के पाए, के गुमाए भन्दा पनि
कति सार्थक समय साथै बितायौं।
साना(ठूला हाँसो र आँसुको थोपामा
जीवनको कथा मीठो बनायौं।
प्रेम, अब केवल वचन नभएर
हर सासमा बसोस्, हर धड्कनमा होस्।
त्यो माया एउटा गीति कविताजस्तो बनोस
जहाँ शब्दले मात्र होइन, आत्माले बोलोस्।
प्रेम अब मुनामदन जस्तो होइन
सृजना र विवेकको जस्तो होस्।
बिनयबिष्णु के। सी।
बिराटनगर ८