काठमाण्डाै – महुली लघुवित्तले आजदेखि थप सार्वजनिक निष्कासन अर्थात् एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले चार करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यका ४ लाख ७५ हजार ४ सय ४९ कित्ता शेयर निष्कासन गरेको हो । एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेकाे सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले अहिले कायम सर्वसाधारण समूहको हिस्सा १९ दशमलव ६८ प्रतिशतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्कासन गर्न लागेको बताएको छ ।