मलेसियामा जारी एसीसी यू–१९ महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ। नेपालले पाकिस्तानको १०५ रनको लक्ष्य १ ओभर अगावै पूरा गरेको हो।
नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाइन् । यसअघि, सोनी पाख्रिनले १३ रन र ओपनर सना प्रवीनले १० रन बनाए। पाकिस्तानको १०५ रनको लक्ष्य पुरा गर्दै नेपालले सहज जीत हात पारेको हो।
पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो। पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । नेपालले भोलि भारतसँग खेल्ने छ ।