साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि उच्च अंकले घटेको बजार सोमबार पनि ५१.३७ अंकले घटेर २ हजार ६३०.९१ विन्दुमा झरेको हो ।
सोमबार कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब ९३ लाख रुपैयाँ बराबरको १ करोड २७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १५ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको घटेको छ । बाँकी रहेका २ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडको भएको छ । कम्पनीको २६ करोढ ४५ हजार लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।