विराटनगर ।
बुढीगंगा गाउँपालिका स्थित टंकीसिनवारीमा रहेको नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीहरु क्रमश संगठित हुदै गईरहेका छन । नरग्राम माध्यमिक विद्यालय टंकीसिनवारीमा अध्यनरत विध्यार्थीहरुले पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तर्दथ समिती गठन गरी छोटो समयमा आफुलाई शिक्षा प्रद्धान गर्नुहुने गुरु गुरुआमा हरुलाई एकै मञ्चमा राखी सम्मान गर्ने काम गरेको छ ।

विद्यालयमा अध्यापन गराएर अवकास प्राप्त १२ जना गुरु गुरुआमा साथै विद्यालयमा अध्ययान गराउनुभएको तर परलोकघाम पुगीसक्नुभएका गुरु र गुरु आमाहरुलाई मरणोप्राप्त स्मरण गर्दै वहाँको परिवारलाई हिजो एक कार्यक्रमका विच सम्मान गर्ने काम गरेको छ ।
२०८१ साल भदौ २२ गते नरग्राम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सुवोद कोइरालाको संयोजकत्वमा तदर्थ समिती गठन गरी उक्त तर्दथ समिती मार्फत पुर्व शिक्षक शिक्षिका लार्य सम्मान गरेको हो । पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तर्दथ समितीले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा शेखर कोइराला ले पुर्व शिक्षक शिक्षिकाले विशेष कार्यक्रमका विच सम्मान गर्नुभएको थियो । उक्त सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले नेपालमा
रहेका विद्यालयका पुर्व विद्यार्थीले पुर्व शिक्षक शिक्षिकालाई सम्मान गर्ने काम आफुले थाहा पाए सम्म यो पहिलो हो भन्नुभयो । नरग्राम माध्यमिक विध्यालयमा अध्यनरत विद्यार्थी मध्ये कतिपय विद्यार्थी चिकित्सक , वकिल , इन्जिनयर बन्नुभएको छ । यो पुर्व शिक्षक शिक्षिकाको देन हो भन्नु हुर्दै उहाँले पुर्व शिक्षक शिक्षिकाले दिनुभएको ज्ञानलाई आत्मसाथ गर्दै अगाडि जानुपर्ने उहाँले बताउनुभयो ।

पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तथर्द समितीका संयोजक सुवोद कोइरालाको सभापतीत्वमा भएको सो कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर , उपाध्यक्ष अमृता कुमारी गच्छदार , पुर्वाअञ्चल विश्वविद्यालयका उप कुलपती विजु थपलिया , नरग्राम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कैलाश केसी लगायतको उपस्थिीती रहेको थियो ।

तपाईको प्रतिक्रिया