- नेत्र पी अधिकारी

विराटनगर २५ मंसिर । नेपाल पत्रकार महासंघको कोशी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । मंसिर २८ गते महासंघको निर्वाचन हुँदैछ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्षमा भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् । भरत प्रेस चौतरी र प्रेस युनियन गठबन्धनको उम्मेदवार हुन् । गौतम प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत पत्रकार निकट संघको साझा उम्मेदवार हुन् । लामा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज)को तर्फबाट उम्मेदवार भएका हुन् । महासंघको उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाको उम्मेदवारी परेको छ ।

महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान, महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई र हिमाकुमारी चेम्जोङ्गको उम्मेदवारी परेको छ । खुल्ला सचिवमा ध्रुव भट्टराई र बाबुराम कार्कीले उम्मेदवारी परेको छ ।

समावेशी सचिवमा अरविन्दकुमार मेहता र गजेन्द्र राईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई र सुदीप कोइरालाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा विवेक रेग्मी, इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली र रामधन राईको उम्मेदवारी परेको छ । महिला सदस्यमा अमृता विश्वकर्मा, जोश्ना श्रेष्ठ, बिनु चेम्जोङ्ग, बुद्धमाया सोमी र रामजना अधिकारी (रञ्जना) को उम्मेदवारी परेको छ । दलित सदस्यमा अनिता रसाइली र किशोर विश्वकर्माको उम्मेदवारी परेको छ ।

आदिवासी जनजातीतर्फको सदस्यमा अनिलदेव राई, खनेन्द्रकुमार राई दिनेश सुब्बा र लाक्पा जी शेर्पाको उम्मेदवारी परेको छ । मधेसी सदस्यमा अविनाशकुमार निधि, आशिषकुमार यादव, चन्दनकुमार रौनियार र सत्यनारायण शर्माको उम्मेदवारी परेको छ ।

अल्पसङ्ख्यक तर्फ लुकमान अन्सारी र विजय धिमालको उम्मेदवारी परेको छ । २१ सदस्य कार्यसमितिका लागि ४४ जनाको उम्मेदवारी परेको छ । पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि मंसिर २८ गते निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया