काठमाडौं । लोकप्रिय गायिका रचना रिमालको आवाजमा रहेको गीत ‘भंगेरी चरी’ सार्वजनिक भएको छ । गीतमा प्रवासमा रहेर पनि नेपाली सुगम गीत संगितमा क्रियाशील गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगित रहेको छ ।

भिडियोमा अभिनास बज्रचार्यको छायाँकन, माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन रहेको छ । ‘भंगेरी चरी’ गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया