कुमोद अधिकारी
१५ मङ्सिर,
विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ की श्यामा (परिवर्तित नाम) लाई हात्तीपाईलेको संक्रमण भएको बिसौँ बर्ष पुगिसक्यो ।
संक्रमण भएको शुरुका दिनमा त उहाले थाहा समेत पाउनु भएन। धेरै ठाउँमा धाईन् तर यसको बारेमा राम्रो सल्लाह कसैले पनि उहालाई दिएनन् । स्वास्थ्य संस्थाहरुले पनि यसको उपचारको बारेमा खुट्टा काट्नु पर्ने भन्दै झनै अत्यास लाग्ने कुरा गरेको उहाले सुनाउनुभयो ।
बिहिवार सहारा नेपालले पत्रकारलाई स्थलगत निरीक्षण गराउने क्रममा उहाले पत्रकारहरुलाई सुनाएका यी कुराले हात्तीपाईले संक्रमितको अबस्था कस्तो छ भन्ने चित्रण गथ्र्यो । उहाले आफुलाई भएको समस्या खुलेरै सुनाउनुभयो ।
समस्याको बारेमा कहाँ जाने, कसरी त्यसको हेरचाह गर्ने भन्ने नै थाहा नहुँदा निक्कै बर्षसम्म समस्या झेल्दै आएको उहाले सुनाउनुभयो । अहिले उहा आफ्नो हेरचाह आफैँ गर्नुहुन्छ ।सन् २०२१ देखि विश्वास परियोजना संचालनमा आएपछि हातिपाईले तथा कुष्टरोगीहरुको पहिचान गरी रोकथामका कामहरु शुरु भएको छ । परियोजनाले हात्तीपाईले संक्रमति खोजी गर्ने क्रममा उहापनि फेला पनुृ भएको हो ।
उहालाई अस्पतालसम्म लगियो, उहालाई चेकजाँच गराउने क्रममा चिकित्सकले उनको शरिरमा रहेको घाउ जटिल अबस्थामा रहेकोले स्वयम् हेरचाह गर्नु पर्ने सुझाव दिएका थिउ । त्यसैको आधारमा उहाले आफैँले हेरचाह गर्ने सीप सिक्ने इच्छा ब्यक्त गर्नुभयो । त्यसैको आधारमा परियोजनाको तर्फबाट उहालाई सेल्फ केयर तालिम प्रदान गरिएको सामाजिक स्वास्थ्य परिचालक पुजा साहले जानकारी दिनुभयो ।
‘हामीले उहाँलाई अस्पतालसम्म पुर्यायौँ, उहाले चिकित्सकको सल्लाहको आधारमा सेल्फ केयर तालिम दिएपछि अहिले धेरै सजिलो भएको छ ।’ स्वयम् हेरचाह गर्न सिकेपछि उनले अहिले हात्तीपाईलेको घाउको सरसफाई आफैँ गर्दै आउनु भएको छ ।
आफैँले स्वयम् सरसफाई तथा हेरचाह गर्दा बर्षमा एक÷दुई पटक पनि अस्पतालसम्म जानु नपरेको श्यामाले सुनाउनुभयो । अहिले स्वास्थ्य परिचालकहरु बिभिन्न समयमा निगरानीमा आउने गरेको पनि उहाले वताउनुभयो ।
रंगेलीमा हात्तीपाईलेको ३८ जना संक्रमित रहेको पालिकाको तथ्यांकछ । हात्तीपाइले लक्षण भनेको स्तन, अण्डकोष सुनिनु पनि भएको रंगेली नगरपालिकाका जनस्वास्थ्य अधिकृत भुपेन्द्र मण्डलले जानकारी दिनुभयो । स्तन तथा अण्डकोष सुनिने खालका लक्षण भएकाहरु २५० को हाराहारीमा छन्, उहाले भन्नुभयो , खुट्टा सुनिने खालको हात्तीपाईलेको समस्या भएकाहरु ३८ जना छन् ।’
एहाले कुष्टरोगी र हात्तीपाईलेले एकै प्रकृतिको भएकोले अपाङ्ग बनाउने तथा हानी गर्ने वताउनुभयो ।
उहाका अनुसार ‘रंगेलीमा कुष्टरोगी १०–१५ बर्ष पहिलादेखिको तथ्यांकलाई हेर्दा ६०० जना थियो त्यसको संख्या घट्दै जाँदा प्रभावितहरु २५० घरसम्म फेला परेको छ । त्यस्ता केसबाट सरेको अबस्था खोज्दा साउनदेखि हालसम्म ४ वटा केसले औषधि खाईरहेका छन् । यो जनस्वास्थ्यको हिसाबले गम्भीर केस हो ।’
सहारा नेपालले विश्वास परियोजना फेयर मेडको सहयोगमा झापा र मोरङमा उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ तथा नवजात शिशु स्याहार अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य सुधारमा काम गर्दै आएको कार्यक्रम संयोजक पवन राईले बताउनुभयो ।
परियोजना मोरङको उर्लावारी, पथरीशनिश्चरे, जहदा, धनपालथान, रंगेली, रतुवामाई र सुनवर्सी लगायतका स्थानीय तहमा संचालित छ
आमा समुहको सक्रियता
सुनवर्सी नगरपालिका वडा नम्बर २ बरालटोल अमरदहमा एउटा आमा समुह छ सिर्जना स्वास्थ्य आमा समुह । यो आमा समुह हरेक महिना छलफलमा जुटिरहेको हुन्छ । बिहिबार पनि छलफलमा नै ब्यस्त थियो । समुहमा बोलाईएका आमाहरु कोही बच्चा च्यापेर आएका, कोही काम गर्दा गर्दै दौडिएर भेला भएका थिए । कहिले खुल्ला ठाउँमा छलफल गर्छन्, कहिले कसैको घरमा बसेर छलफल गरिरहेका हुन्छन् । बरालटोलमा रहेको आमा समुहमा १७ जना आमाहरु छन् ।यो आमा समुहले गाउँघरमा हुने स्वास्थय, सरसफाईको बारेमा छलफल गर्ने अनी गर्भवती र सुत्केरीका समस्याको बारेमा छलफल गरिरहेका हुन्छ ।
त्यसको सहजीकरण गर्ने काम महिला सामुदायिक स्वास्थय स्वयमसेविका राजश्री ढुंगानाले गरिरहेकी हुन्छिन् । राजश्रीका अनुसार, गर्भवती महिलाको घर पहिचान, ४२ दिन भित्रको सुत्केरी, प्रथम पटक गर्भ जाँच गरेको नगरेको, आठ पटक गर्भ जाँच भए नभएको बारेमा छलफल हुने गरेको छ ।
आमा समुहको बैठकमा नै नियमित गर्भ जाँच, आईरन चक्की खाए नखाएको, चर्पीको प्रयोग, सरसफाई लगायतको बिषयमा छलफल हुने गरेको आमा समुहकी सदस्य राधिका कार्कीले जानकारी दिनुभयो । ‘नियमित अस्पताल जाने, झाडा पखाला रोकथाम अभियान, डेँगु नियन्त्रणमा पनि आमा समुहले सचेतना फैलाउने काम गरेको छ, उहाले भन्नुभयो, गर्भवतीलाई नियमित गर्भ परीक्षण र अस्पतालमा सुत्केरी गराउने बारेमा बढी छलफल हुन्छ ।’
खोपको बारेमा जानकारी लिएर नियमित गर्भवती, सुत्केरी, खोप, झाडा पखाला, बचत, डेँगी, कुष्टरोग, सरसफाइ बारेमा सामाजिक परिचालक मार्फत आमा समुहलाई प्रशिक्षण हुँदै आएको अर्की सदस्य सीता खड्काले बताउनुभयो ।
सहारा नेपाल मार्फत यस्ता आमा समुहहरुकोलागि बैठकमा सहयोग गर्दैआएको छ । रंगेलीको जस्ता हात्तीपाईले तथा कुष्टरोग जस्तो समस्या भएकाहरुको पहिचानको काममा पनि आमा समुहले सहयोग गर्दै आएको स्वास्थ्यचौकी अमरदहका इन्चार्ज सुरेश महतोले जानकारी दिनुभयो ।
मोरङ जिल्लाका ७७ वटा आमा समुहलाई नियमित बैठक संचालनको लागि परियोजनाल काम गरिरहेको सहारा नेपाल मोरङका कार्यक्रम सुपरभाईजर सौरभ बगालेले बताउनुभयो ।
नेपालमा पाईएका उष्णप्रदेशीय रोगहरुको बारेमा नागरिकसम्म पुर्याई त्यसको रोकथामको लागि फेयरमेडको सहयोगमा कोशी प्रदेशका ३ वटा जिल्लामा यो कार्यक्रम संचालित रहेको छ।
फेयरमेडका कोशी प्रदेश संयोजक डम्बरसिंह गुरुङले बिभिन्न १० प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगहरु, नवजात शिशु स्याहार र अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
आमा समुह मार्फत धेरै कामहरु भएको देख्दा यो कार्यक्रम निक्कै नै प्रभावकारी देखिएको छ । मोरङका १७ पालिका मध्ये जम्मा ७ वटा मात्र कार्यक्रम गर्दै आएकोले सबै पालिकामा यो कार्यक्रम पूर्याउनु पर्ने आवश्यक देखिन्छ ।