–दिलकुमार घमाल
धन, सम्मान र शक्ति
यी सबै कुरा साँचो छैन
राजा–महाराजा नभए पनि
शान्ति पाउने छौँ हामी
विवाह बिना पाउने प्रेम
व्यवसाय बिना आउने समृद्धि
राजनीति बिना पनि
समाजले दिने सम्मान
साँचो सुख र शान्ति भनेको
आत्मा सन्तुष्ट हुनु हो ।
धन कमाएर के गर्नु
जब मनभित्र शान्ति छैन ?
सपना पूरा गरेर के गर्नु
जब खुशीको अर्थ थाहा छैन ?
जसले आफ्नो मनलाई बुझ्यो
उसलाई संसारले सम्मान दिन्छ
जीवनको राजमार्गमा
आत्मसन्तुष्टि नै साँचो रत्न हो
खुशी हुनु नै जीवनले सार्थकता पाउनु हो
आकाशमा बादलझैं भौतारिएको मनलाई
एकत्रित गरेर राख्न सक्नु नै शान्ति हो
यही मनका कारण
मान्छेले सुख, दुःखको महसुस गर्छ
यदि जसले मनलाई सधैं
आफ्नो नियन्त्रणमा राख्न सक्छ
उसले नै वास्तविक सुख र शान्तिको
महसुस गर्छ ।