मङ्सिर, ११ महोत्तरी
होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ ।
महासंघले पर्यटन पर्वद्वन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।
पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखेसगैँ पर्यटन विकासमा कोशेढुंगा सावित हुने विस्वास लिईएको छ ।
`मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बेला महत्वाकांक्षी सरकारी कार्यक्रमकोरुपमा राख्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ का संयोजक विकास ठाकुरलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन ।´
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले भने । `यो अभियान थप उचाईमा पुग्ने विस्वास लिएका छौ ´
मधेश आफै पनि तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा रहेको वताउदै सल्लाहकार कर्णले सार्थक परिणामको रूपरेखा वन्नेमा अपेक्षा गरे ।
माहासंघका अध्यक्ष हिरा गौतमको संयोजकत्वमा सुरु भएको `घुमौ मधेश, बुझौ मधेश अभियान` अहिलेसम्म मधेशका ४ वटा जिल्लामा सम्पन्न भैइसकेको छ ।
५ बैसाखमा वाराका पर्यटकिय गन्तव्यहरुको पहिचान गरि पर्वद्वन गरेसगैँ सिरहा, महोत्तरी र सर्लाहीका पर्यटकिय क्षेत्रहरुमा अभियान चलाईसकेको महासंघका माहासचिव वैकुण्ठ सापकोटाले जानकारी दिए ।
यस्तै, पकृतिको अभियान महोत्तरीको बर्दिवासस्थित उधोग बाणिज्य संघले नगर क्षेत्रमा ६ महिनासम्म चलाएको थियो । घुमेर पहिचान भएका ठाउँहरुलाई संघले एक प्रतिवेदन तयार गरि सरकारका तिनै तहलाई हस्तान्तरण गरिसकेको छ ।