त्रिकोन इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको मैथिली गीत ‘अनारवति’ सार्वजनिक गरिएको छ।
यो गीतले मैथिली संस्कृतिलाई आधुनिक संगीतसँग जोड्दै नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरेको छ ।
गीतमा सुमित मल्लिकको स्वर , रचना, र संगीत रहेको छ । भिडियोमा काजल कर्ण, राजीव समर, र आयुष्मान ठाकुरको अभिनय रहेको छ । जाड रक्सि पिउने, जुवा तास खेल्ने, बानिको कारण श्रीमती ‘अनारवति’ले छोडेर माइती गए पछिको संघर्षलाइ देखाइएको छ |
भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , बिबेक सुनारको सम्पादन र रङ संयोजन रहेको छ ।
निर्देशन र कोरियोग्राफीको जिम्मा राजीव समरले सम्हालेका छन्, जसले भिडियोमा मौलिकता र आधुनिकतालाई कुशलतापूर्वक प्रस्तुत गरेका छन्।
उक्त गीतको भिडियोमा निर्मात्री काजल कर्ण र सह-निर्माता राहुल कर्ण हुन् । ‘अनारवति’ले मैथिली लोकसंस्कृतिको परम्परागत पक्षलाई फोक-ईडीएम शैलीमा प्रस्तुत गर्दै संगीतमा नयाँ स्वाद थपेको छ । गीतको मौलिक श्रेय सुनील मल्लिक, प्रवेश मल्लिक, अशोक दत्ता, राशी दत्ता, र आवाश लाभलाई दिइएको छ ।
यो गीतले मैथिली संगीतप्रेमीहरूको मन जित्नसक्ने विश्वास गरिएको छ ।