दिलकुमार घमाल
मानवता र भाइचारा हराउँदै गएको छ हिजोआज
रिस र डाहले मन भराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा……
जमाना उस्तो कि मान्छे उस्तो खुट्याउँदै गाह्रो छ
एक–आपसबीचै फाटो गराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा……
यतिबेला जताततै विश्वासको संकट परेको छ
छिमेकीले पनि साँध सराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा……
मान्छेकै कारणले मान्छेले नै नपाउनु दुःख पाइरहेछ
विश्वमै अशान्तिको झण्डा फराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा……