‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । यहि कार्तिक ६ गते बुधबार इटहरी अवस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा यो प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको हो । दिनको १२ बजेदेखी सुरुभएको ट्यालेन्ट राउण्डमा ५५ जना फाईनल प्रतिष्पर्धीले आफ्नो प्रतिभा प्रष्फुटन गरेका हुन् । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा भएको बालबालिकाहरुको लुकेका प्रतिभा प्रष्फुटन गर्ने यो प्रतियोगिताको यहि कार्तिक १४ गते फाईनल हुँदैछ ।
ट्यालेण्ट राउण्डको निर्णायकमा मिसेस पुर्बेली आइकन २०२४ कि बिजेता रेनुका श्रेष्ठ, मिस्टर नेपाल २०२४ का मिस्टर ह्याण्डसम टाईटल बिजेता पिन्टु सन्याल, डान्स कोरियोग्राफर उर्मिला तामाङ, यसोदा लम्साल रहेका थिए । सम्पुर्ण प्रतियोगीहरुको ट्यालेन्टलाई मुल्यांकन गरेर फाइनलमा ‘मिस्टर एण्ड मिस ट्यालेन्ट’को टाईटल प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
यसअघि दुई चरणमा अडिसन प्रक्रिया सम्पन्न भएको थियो । पहिलो अडिसनमा ८० जना बालबालिकाले भाग लिएका थिए भने दोश्रो अडिसनमा ५० जना बालबालिकाको सहभागिता थियो । त्यहाँबाट छनौट भएर अहिले ५५ जना फाईनलमा पुगेका हुन् । प्रतियोगिताको कोरियोग्राफि सुभेक्षा कार्कीले गरिरहेकी छन् । उनले विभिन्न सिक्वेन्समा र्याम्प वाल्कको प्रशिक्षण गराईरहेकी छन् ।
प्रतियोगीहरूलाई व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता, योगा लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको फाईनल यहि कार्तिक १४ गते इटहरी अवस्थित लायन्स क्लबको सभाहलमा दिउँसो ४ बजे हुँदैछ । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनालेबाट ३ क्याटोगरीमा बिजेता घोषणा गरिने आयोजकले जानकारी गराएको छ । बिजेतालाई ३०/३० हजार नगदसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ र ट्यालेण्टको आधारमा सबटाईटलहरु पनि प्रदान गरिने आयोजकको भनाई छ ।