- Editor

कुमोद अधिकारी विराटनगर
२० आसोज,
असोज महिनामा आएको अविरल वर्षा तथा वाढीका कारण पुर्वाधारतर्फ कोशी प्रदेसमा ४ अर्व ६३ करोड ५० लाख वरावरको क्षती भएको छ । आसोज महिनामा १० गतेदेखि तिन दिनसम्म आएको वर्षा तथा वाढीले भौतिक पुर्वाधार तथा विकास मन्त्रालय अन्र्तगत निमार्ण भएका सडक, पुल तथा झुलुंगेपुलमा पु¥याएको आसिक तथा पुर्ण क्षतीका कारण सो वरावरको क्षती भएको हो ।
मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलनगर्दै वर्षाका कारण सुनसरी, झापा, इलाम, पाचथर, ताप्लेजुङ, उदयपुर, संखुवासभा, ओखलुढुंगा तथा खोटाङ जिल्लामा रहेका सडक, पुल तथा झुलुंगे पुलमा अविरल वर्षाले पु¥याएको क्षतीका विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा भौतिक पुर्वाधार तथा विकास मन्त्री भुपेन्द्र राईले वर्षा र वाढीका कारण कोशी प्रदेसको विभिन्न जिल्लामा रहेका सडक, पुल तथा झुलुंगे पुलमा १ अर्व २ करोड ५० लाख वरावरको आंसिक क्षती भएको र आसिंक र पुर्ण क्षतीको विवरण जोड्दा कोशी प्रदेसमा ४ अर्व ६३ करोड ५० लाख वरावरको क्षति भएको जानकारी दिनुभयो । वाढिले भत्काएको पुल तथा सडक पुन निमार्णका लागि ४ अर्व ६३ करोड ५० लाख रुपैया खर्च लाग्ने उहाले वताउनुभयो ।
उहाले आंसिक क्षती भएका सडक ,पुल तथा झुलुगेपुललाई पुन मर्मत गर्दै तत्कालै यातायातका साधनहरु संचालनगर्न सकिने भएकाले सोही अनुसार काम भइरहेको वताउनुभयो ।

तपाईको प्रतिक्रिया