हाल सफलताको साथ दोश्रो सातामा प्रदर्शन भैरहेको फिल्म खुस्माको चर्चित गीत ‘रुकुम मैकोट’ले युट्युबमा २ करोड भ्युज पार गरेको अवसरमा इटहरीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । इटहरीमा अवस्थित परिकला न्युज डटकमको व्यवस्थापन आयोजना भएको केक सेलेब्रेसन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको उपस्थिति रहेको थियो ।

केक काटेर सेलेब्रेसन गर्न फिल्म तथा उक्त भिडियोको प्रमुख अभिनेता धिरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी र अर्का अभिनेता राजु रेग्मी मगरको समेत उपस्थिति रहेको थियो । उपस्थिति अभिनेता अभिनेत्रीसहित माननीय श्रेष्ठले संयुक्त रुपमा ‘रुकुम मैकोट’को २ करोड भ्युज विषेश केक काटेका थिए । भिडियो यतिबेला युट्युबमा ग्लोबल ट्रेन्डिङमा समेत विराजमान छ ।

करिब १ महिनादेखी युट्युब नेपाल ट्रेन्डिङ अन्तर्गत म्युजिक क्याटोगरिमा पहिलो स्थान कब्जा गरेको यो गीतको भिडियो यतिबेला ग्लोबल ट्रेन्डिङको ५६ औं स्थानमा रहेको छ । केक काट्ने कार्यक्रममा कोशी प्रदेशका चलचित्रकर्मी परशुराम चौधरी, भीम लामा, माधव केसी, कलाकर्मी सुरेश कार्की र इलाईट सिनेमा हलका म्यानेजर नवराज केसी लगायत सहभागी भएका थिए । त्यस्तै, उक्त अवसरमा पत्रकार, सौन्दर्य प्रतियोगिता विजेता-उपविजेताहरू र कलाकार धीरज र उपासनाका शुभचिन्तकहरूको पनि उपस्थिति रहेको थियो ।

यसअघि, ‘रुकुम मैकोट’को १ करोड भ्युज पुगेको अवसरमा काठमाडौँमा सेलेब्रेसन गरिएको थियो । तर, यसपटक फिल्मको गीतको २ करोड भिडियो भ्युजको सेलेब्रेसन कोशी प्रदेशमा पहिलो पटक भएको परिकला न्युजका संचालक तथा कार्यक्रमका व्यवस्थापक सुवास संकल्प श्रेष्ठले जानकारी गराए । केक काट्ने क्रममा खुस्मा फिल्मका निर्माता चन्द्र भट्टचन, निर्देशक अशोक थापा मगर र फिल्ममा खुस्माको बुवाको भूमिका निर्वाह गरेका धरान निवासी विजय सुब्बालाई सम्झना गरेका थिए । केही कारणवश उनीहरूको भने केक सेलेब्रेसन कार्यक्रम उपस्थिति हुन सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया