मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा भोलिदेखि महेन्द्रचोक स्थित हिमालय रोडमा थकाली चौथो सडक महोत्सव शुरु हुने भएको छ। महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने छ ।

आयोजकले आज पत्रकार सम्मेलन गरि आयोजनाको तयारी अन्तिम चरणमा रहेको बताएको छ । विगत ४ वर्षदेखि मन्जिना मुभिजले सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले सो महोत्सव आयोजना गर्न लागेको आयोजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन ताम्रकारले बताए ।

विभिन्न जातिका खानाका ३० वटा स्टल रहने र आफ्नै संस्कृति, परम्पराको प्रबद्र्धन गर्दै दैनिक सांगितिक कार्यक्रम र विभिन्न जातिका खानाका परिकार विराट सडक महोत्सवका मुख्य आकर्षण रहने आयोजकले बताएको छ । महोत्सवको विहीबार दिउँसो ४ वजे उद्घाटन गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया