बिराटनगर, असोज १२ गते ।

इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ । असोज ११ गते दिउँसो माईनगरपालिका-८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो ।

सोही दिन झापाको कचनकवल गाउँपालिका-१ स्थित जमुवा खोला तर्ने क्रममा स्थानिय पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ यसै गरी कमल गाउँपालिका-१ का ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएका छन भने गौरीगंज गाउँपालिका-२ स्थित सुकुमबासी टोल का ५५ बर्षीय केनालाल राजवंशी घर नजिकै रहेको कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन । असोज १० गते मोरङको रतुवामाई नगरपालिका-७ की ७२ बर्षीया डुरो देवी राजबंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रातुवा खोला तर्दा खोलाले बगाई बेपत्ता बनाएको छ । प्रहरीद्वारा बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया