- ‘मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करण आज इटहरीमा सम्पन्न हुँदैछ । ओपन स्पेस प्रालीले आयोजना गरेको फिनाले कार्यक्रम आज शनिबार साँझ ६ बजे सुनसरीको इटहरीमा अवस्थित लायन्स क्लब सभाहलमा आयोजना हुनेछ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको उपस्थिती रहने आयोजकले जनाएको छ । यस्तै कार्यक्रमको मुख्य आकर्षणको रुपमा ‘मिसेस नेपाल २०२३’ को उपाधि जित्न सफल पृथ्वीया थापा रहनेछिन् । जसले कार्यक्रमलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ ।
मिसेस पुर्वेली आईकनको फाइनलमा आज ८ जना प्रतिस्पर्धीहरूले बिजेताको लागी प्रतिष्पर्धा गर्दैछन् । यी प्रतिस्पर्धीहरूमा सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्ट रहेका छन् । विजेताले नगद ५० हजार, क्राउन, ट्रफी तथा अन्य थुप्रै आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछिन् । त्यस्तै फिनालेमा विभिन्न सबटाइटलहरू पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगिताका सहभागीहरूले आफ्नो प्रस्तुतिमार्फत निर्णायकको मन जित्नुपर्नेछ । आयोजकका अनुसार यो प्रतियोगिता आगामी वर्षहरुमा समेत नियमितरूपमा आयोजना गरिनेछ र यसले महिलाहरूलाई थप अवसर प्रदान गर्दै जानेछ ।