काठमाडौं । उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल आफैं ठगिनुभएको छ ।
आज दिउँसो खाजा खान नयाँबानेश्वरस्थित जिम्मु थकाली रेस्टुरेन्ट पुगेका पौडेल पानीमा ठगिनुभएको हो । रेस्टुरेन्टले २१ रुपैयाँ ९१ पैसामा खरिद गरेको पानीको मूल्य १ सय रुपैयाँ लिएको थियो ।
खरिद गरेको भन्दा ५ गुणा बढी मूल्यमा पानीको बोटल बिक्री गरेको पाइएपछि रेस्टुरेन्टलाई विभागले ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।
बढी मूल्य लिनुको कारणसहित ३ दिनभित्र विभागमा उपस्थित हुन रेस्टुरेन्टलाई विभागले निर्देशन दिएको छ ।