इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा न्युक्यासल र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा न्युक्यासलले उल्भ्सलाई २–१ गोलले पराजित गरेको हो ।

उल्भ्सको घरेलु मैदानमा भएको खेलमा न्युक्यासलको जितका लागि फाबीयन स्कचरले खेलको ७५ औँ मिनेटमा र हार्भे बर्नेसले खेलको ८० औँ मिनेटमा गोल गरे । उल्भ्सका मारियो लेमिनाले खेलको ३६ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । तर उल्भ्सका लागि अरु गोल हुन सकेन ।

न्युक्यासल ४ खेलमा १० अङ्कका साथ तेस्रो स्थानमा रहदा उल्भ्स ४ खेलमा एक अङ्कका साथ १८ औँ स्थानमा छ । यसअघि हिजो राति भएको खेलमा आर्सनलले टोटनहमलाई १–० ले हराएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा खेलको ६४ औँ मिनेटमा गेब्रियल मगाल्हेसले गोल गरे ।

जितसँगै आर्सनल ४ खेलबाट १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट टोटनहम ४ अङ्कका साथ १३ औँ स्थानमा छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको १२ अङ्क छ ।

तपाईको प्रतिक्रिया