नेपाली फिल्मका लागि हिरोइन उत्पादन गर्ने कारखाना भनेर ‘मिस नेपाल वर्ल्ड’ प्रतियोगितालाई भन्ने गरिएको छ। हेर्ने हो भने देखिन्छ पनि त्यस्तै, पहिलो मिस नेपाल रुबी राणादेखि नै मिस नेपाल विजेताहरुको फिल्ममा आगमन भइरहेको छ । अब पूर्व मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले नेपाली चलचित्रमा अभिनयको यात्रा ‘रङ्गी’ नामक चलचित्रबाट सुरु गर्ने भएकी छन्। यस चलचित्रमा उनी एक युवावस्थामा समेत बच्चाको जस्तो स्वभाव भएकी युवतीको भूमिकामा देखिनेछिन्।
उनले आफ्नो डेब्यू फिल्ममा सामाजिक र पारिवारिक पृष्ठभूमि झल्काउने भूमिका छनोट गर्दै बढी सावधानी अपनाएको देखिन्छ।
बिहीबार फिल्मका निर्माता सलोन बस्नेतसँग कागजी सम्झौता गरेपछि नम्रताले आफ्नो चरित्र मन परेकाले काम गर्न सहमत भएकी हुन । निर्देशक सुरेश न्यौपानेले यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्। सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको स्क्रिप्ट लेखन छ । यसमा सौरभ लामाको छायांकन रहनेछ ।