दशैंलाई लक्षित गरी विराटनगरमा ‘विराट सडक महोत्सव’ आगामी असोज २७ गते देखि हुने भएको छ।
मन्जिना मुभिज क्रिएसनको आयोजनामा महोत्सव हुनु लागेको हो । पत्रकार सम्मलेन गरी विराटनगरको हिमालय रोडमा आगामी असोज १७ गतेदेखी २३ गतेसम्म आयोजना गर्ने जानकारी मन्जिना मुभिज क्रिएसनले दिएको हो ।
क्रिएसनका निर्देशक जतिन ताम्राकारका अनुसार विराटनगर ९ स्थित हिमालय रोडमा विगतको बर्षहरु झै यसपटक पनि सडक खाना महोत्सव गरिन लागिएको हो । दिउँसो २ बजेदेखी राती ९ बजे सम्म संचालन हुने कार्यक्रममा विभिन्न जातिय परिकारका खानाको ३० वटा स्टलसँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थितीमा सांगीतिक कार्यक्रम समेत आयोजना हुने जनाइएको छ ।
विगत ४ बर्षदेखी विराटनगरमा विभिन्न जातिय परिकारका खानासँगै मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम समेत गर्दै आएको छ ।
कार्यक्रमलाई भव्य र सव्य बनाउनको लागि विराटनगरका युवा शुभम न्यौपाने , तरस सुवेदी ,करण जैन, हलगायत अन्य टिमले ताम्राकारलाई साथ दिदैछन् ।