नपत्याउने खोलाले बगाउछ भन्छन नि हो ठयाक्केै घरेलु बक्स अफिसमा फिल्म घरज्वाइँ नपत्याउने खोला जस्तै बन्यो । गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्मका गीतदेखि ट्रेलरले समेत खासै राम्रो हाइप पाएका थिएनन् तर निरन्तर वर्षा र ठूला भारतीय फिल्मको चुनौतीको बीच फिल्मले ५१ दिन मनाउन सफल भएको छ भने यस वर्षको चौथो हिट फिल्म बनेको छ ।

दयाहाङ र मिरुनाको जोडीको ‘घरज्वाइँ’ यस वर्षको दोस्रो ‘हिट’ फिल्म हो ।फिल्मले नेपालमा दुर्लभ बनेको प्रदर्शनको ५१औं दिनको सफल यात्रामा पूरा गरेको छ ।

शनिबार देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा फिल्मले ५१औं दिन मनाउन सफल भएको हो ।

वितरकका अनुसार चलचित्रले हालसम्म करिब ६ करोड रुपैयाँको व्यापार गरेको छ। बढीमा २ करोडको बजेटमा निर्माण भएको फिल्मले निर्मातालाई लगानी उठाएर नेपालबाट मात्र डेढ करोडमाथि मुनाफा दिनसक्ने देखिन्छ । विदेश प्रदर्शन अधिकारबाट पनि निर्माताले राम्रो रकम हात पारेको जानकारी प्राप्त छ ।

मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर बनेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन हन् भने जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । फिल्म सफल हुनुमा आदिवासी जनजाती समुदायको ठूलो योगदान द्खिन्छ ।

तपाईको प्रतिक्रिया