काठमाडौं । गत सनिबारको दिन काठमाडौंको प्रज्ञा भवन कमलादीमा पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड निकै भव्यताका साथ् सम्पन्न भएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड जिनियस म्युजिक प्रालिले पाँचौँ पटक आयोजना गरेको हो ।

उक्त अवार्ड  समारोहमा गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो । बन तथा बातावरण राज्यमन्त्री रुपा बि .क.को प्रमुख आतिथ्यता सम्पन्न भएको सो कार्यक्रममा ‘झल्को रही रह्यो, बोलको कौरा गीतबाट मौलिक गायिकाको रुपमा सरिता थापा मगरले अवार्ड हात पार्न सफल भएकी छिन् ।

गायिका सरिता बिगत लामो समयदेखि नेपाली मौलिक लोक संगीतको क्षेत्र सम्बृद्धिका निमित्त क्रियासिल रहँदै आएकी गायिका हुन् । उनले अहिले सम्म दर्जनौं गीत संगीतहरु पस्किएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । जिनियस म्युजिक अवार्ड २०८१ प्राप्त गरे पश्चात उनले आगामी दिनमा थप उर्जासिल ढङ्गले गीत संगीतको क्षेत्रमा अगाडी बढ्न प्रेरणा मिलेको बताएकी छिन् । साथै आफुलाई योग्य सम्झिएर अवार्ड प्रदान गर्नुहुने आयोजक सँस्थालाई पनि सरिताले खुलेर आभार प्रकट गरेकी छिन् ।

नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो । गत सनिबार सम्पन्न भएको यस अवार्डको यो पाचौं संस्करण हो ।

तपाईको प्रतिक्रिया