काठमाण्डौ । गीत संगीतको बजार अहिले तीजमय भएको छ । तीज गीतको नाममा क्षणिक चर्चाका लागी बिकृतिजन्य गीत ल्याउनेको लहर पनि प्रसस्तै भेटिन्छन् । यसो गर्दा हामीले हाम्रा पुस्ताहरुलाई तीज गीतको मौलिक स्वाद चखाउन सक्छौं त ? यो चिन्ताको बिषय हो । यस्तै चिन्तन मनन गर्दै भर्खरै मात्र सुरेन्द्र कार्कीले मौलिक तीज गीत “कालो कपाल फरर पारेर” सार्वजनिक गरेका छन् ।

गीतमा खुमन अधिकारी र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ । गायक खुमन अधिकारीको नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान छ । उनले अहिले सम्म सयौं गीत गाएर अशंख्य संगीत पारखिहरुको मन जितिसकेका छन् भने गायिका कल्पना पराजुलीले पनि थुप्रै गीतहरुमा आफ्नो स्वर भरेर संगीतको दुनियाँमा छुट्टै पहिचान स्थापित गरिसकेकी छिन् । उनि एक टिपिकल स्वरकी धनि गायिका हुन् ।

गीतलाई लय सुरेन्द्र कार्कीले भरेका छन् । सुरेन्द्रले यस भन्दा पहिले पनि थुप्रै गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका छन् । “कालो कपाल फरर पारेर” बोलको गीतलाई शब्द भने संगीता भुजेलले तयार पारेकी हुन् । निकै रोमान्चक र मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिजय पुन र संचिता बोलाखे लुइंटेलको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । समिर थोकरद्वारा निर्देशित भिडियोलाई छायांकन तथा सम्पादन शुसिल डाँगीले गरेका हुन् । गीतलाई सुरेन्द्र कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया