बिराटनगर । दुर्घटना ग्रस्त क्षेत्र बरगाछीमा ट्राफिक लाइट सञ्चालनमा आएपछि स्थानीय जनताले राहतको अनुभव गरेका छन्। यो बिराटनगरमा पहिलो पटक जडान गरिएको ट्राफिक लाइट हो ।

स्थानीयवासीले अन्य दुर्घटना प्रवण क्षेत्रहरूमा पनि यस्तै व्यवस्था गर्नुपर्ने माग राखेका छन्। विशेष गरी रोड शेष, महेन्द्र चौक र कञ्चनबारी जस्ता स्थानहरूमा पनि ट्राफिक लाइट जडान गर्नुपर्ने आवाज उठेको छ।

तर, शहरमा पहिलो पटक ट्राफिक लाइट जडान भएकोले धेरै स्थानीयवासीलाई यसको प्रयोग र नियमबारे जानकारी नभएको पाइएको छ। यस सन्दर्भमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई ट्राफिक लाइटको प्रयोग र नियमबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।

यो नयाँ व्यवस्थाले बिराटनगरको सडक सुरक्षा र यातायात व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्थानीय प्रशासनले अन्य क्षेत्रहरूमा पनि क्रमशः ट्राफिक लाइट जडान गर्ने योजना रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया