सेनाको नयाँ गोरख गण ‘ख’ गुल्म,अमलटारी बाँदर झुला पोष्टका जवान सुदीप मिजारले आफैँलाई गोली प्रहार गरेका छन् । नवलपरासीको बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ७ स्थित उक्त पोष्टमा कार्यरत २२ वर्षे मिजारले आज दिउँसो घाँटीमा गोली हानेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गोरखगण कसरा चितवन दरबन्दी भएका सुदिप नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोष्टमा कार्यरत थिए । उनले कोत घरमा रहेको बन्दुक प्रयोग गरेका हुन् ।

धादिङको गल्छी गाउँपालिका–४ घर भएका सुदिपले आफैँलाई गोली प्रहार गरेको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया