काठमाण्डौ । आफ्नो कर्णप्रिय स्वरबाट दुनियाँको मन जित्न सफल भएकी गायिका शारदा रसाइलीले भर्खरै मात्र नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ लाई लक्षित गर्दै “हङकङको छुरा” बोलको गीत सार्वजनिक गरेकी छिन् । उनको खर्ककी चेली भाग १ बाट सुरु भएको सांगीतिक यात्रा अहिले खर्ककी चेली भाग ३ सम्म आइपुगेको छ ।

पछिल्लो समय सार्वजनिक भएको बिकृतिजन्य गीतबाट छुट्टै पहिचान स्थापित गरेर नेपाली तीज गीतको मौलिक स्वादलाई बचाउनका निमित्त तयार गरिएको गीतमा शारदा रसाइली र नारायण दङ्गालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय संगीत संयोजक नारायण दङ्गालले तयार पारेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ ।

गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा राज मगर, सरद एल जी, जुनु एस डी र प्रिती गुरुङ्गको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठको निर्देशनमा बनेको भिडियोलाई छायांकन चक्र बि बरालले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका छन् । शारदा रसाइली युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतलाई सम्पूर्ण श्रोता तथा दर्शकहरुले माया गरिदिनु हुनेछ भन्ने गायिका शारदाले बिश्वास गरेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया