वीरगन्ज । पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ ।  स्थानिय ठोरी गाउँपालिका ४  गोरखपुर टोलमा प्रहरीले बिशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी  तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमीन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता  भरतीले जानकारी दिएका छन ।

हात्तीको दारा ओसारपसार र बिक्री बितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साको सहकार्यमा  अनुसान्धान भईरहेको प्रवक्ता भारतीले बताएका छन् ।

तपाईको प्रतिक्रिया