काठमाण्डौ । धेरै गीतहरुलाई ओझेल पार्ने सम्भावनामा एक गीत भर्खरै सार्वजनिक भएको छ । उक्त गीत धुर्व जी.सि को नाममा ‘गल्बन्धि बैना, बोलको रहेको छ ।  गायक तथा सर्जक धुर्वले यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा ल्याइसकेका छन् । उनले केहि बिकृतिजन्य लोक दोहोरी गीतले छोपेको सांगीतिक क्षेत्रलाई सङ्ग्लो बनाउनेमा यस गीतको महत्वपुर्ण भूमिका रहने बिश्वास गरेका छन् ।

प्रस्तुत गीतमा धुर्व जी.सि र एलिना चौहानको सुमधुर स्वर सुन्न सकिन्छ ।  गीतलाई लय गायक स्वयम् ले तयार पारेका हुन् भने शब्द नकुल ढकाल नबिनको रहेको छ । संगीत तथा संगीत संयोजन, त्यसैगरी शब्द र स्वरको पक्ष बलियो हुँदा यस गीतले निकै राम्रो स्थान ओगट्न सक्ने आलांकन गर्न सकिन्छ ।

‘गल्बन्धि बैना,  बोलको गीतको म्युजिक भिडियोमा विजय पुन र उषा उप्रेतीको आकर्षक अभिनय देख्न सकिन्छ ।  मौसम हिमाली द्वारा निर्देशित भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई नकुन नबिन धुर्व जी.सि नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नयहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया