काठमाडौं । गीत संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूलनाराका साथ् काव्य म्युजिक सेन्टरद्वारा आयोजना हुन लागेको तेस्रो काव्य म्युजिक अवार्ड–२०८१ को नोमिनेशन सार्वजनिक भएको छ । नोमिनेशन सार्वजनिक भएता पनि अवार्डको फाइनल दिन भने अहिले सम्म टुङ्गो लागेको छैन ।
आयोजकको अनुसार अवार्डलाई थप विश्वासिलो बनाउँन नोमिनेशनमा पर्ने हरेक विधाका कलाकारलाई स्टेजमा नै बोलाएर उनीहरुकै हातबाट एक बक्समा भएको ०००० संगै लेखिएको विजयता नामलाई जसले टिप्न सफल हुन्छ उसैले नै अवार्ड हात पार्ने जनाइएको छ ।
जुरीद्वारा छनोट भएका पाँचै जना अवार्ड प्राप्त गर्न लायक हुन् र यी मध्येबाट अवार्ड प्राप्त गर्न आर्थिक चलखेल हुन्छ भन्ने गुनासाहरु बजारमा आउँन थालेपछि सो प्रकृया अप्नाएको आयोजकका तर्फबाट संयोजक रमेश श्रेष्ठले बताएका छन् । भोटिङ्ग गर्ने प्रथाले पनि आर्थिक सम्पन्नको हातमा मात्र अवार्ड जाने उनले बताएका छन् ।
अवार्डको लागि फारम खुल्ला गरेदेखि करिव पाँच सय भन्दामाथिको शंख्यामा आवेदन परेको आयोजकले जनाएको छ । कार्यक्रमलाई निष्पक्ष ढङ्गले समापन गर्न गोलाप्रथा गरिने भएको हुँदा समय अलि धेरै बित्ने भएकाले यस अवार्डलाई सोह्र विधामा मात्र सिमित गरिएको छ । बाँकी जुरी अवार्ड र पब्लिक च्वाइस अवार्ड समाबेस हुने जनाइएको छ ।
काव्य म्युजिक सेन्टर र वेलिजाई मिडियाको प्रस्तुतिमा सम्पन्न हुने यस अवार्डलाई दक्षिणकाली अफसेट प्रेस माछापोखरी काठमाण्डौ र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर ११ – काठमाण्डौले सहयोग पु-याउने भएको छ । रे टिभी, संगीत सरोबर डट कम, सिपी नेपाल डट कम र प्रणाम खबर मिडिया पाटनरको रुपमा रहने भएका छन् ।
सोह्र विधाका निमिनेशनमा पर्ने कलाकारहरुको नाम यस प्रकार रहेका छन् ।













_1716192473.jpg)

