भक्तपुर । २१ आंै शताव्दीको अहिलेको शिक्षा व्यक्तिको सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछें व्यासीले शनिबार नवआगन्तुक विद्यार्थीलाई स्वगतमा गरेको फ्रेसर्स् वेलकम (नवआगन्तुकलाई स्वागत) कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा शिक्षाविद् रामगोपाल कर्माचार्यले अहिलेको शिक्षा मानिसको चौतर्फी विकासमा केन्द्रित हुनुपर्ने बताए । त्यसकारण उसले जीवनमा सामना गर्नुपर्ने अनेक समस्याको समाधानका रुपमा शिक्षा हुनुपर्ने उनको भनाई थियो । चार जीपीए ल्याउनु मात्रै ठूलो होइन, उनले भने, तीन घण्टाको परीक्षामा कापीमा लेखेको उतरले मात्रै पनि विद्यार्थीको मूल्यांकन हुन सक्दैन ।
स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले सकारात्मक परिवर्तनका लागि शिक्षा भन्ने मुलमन्त्रलाई अगाडि सारी शिक्षा दिइरहेको बताए । उनले स्कुल स्थापनाको ४२ औं वर्षमा उत्कृष्टताका लागि शिक्षा भन्ने नारा बनाई शिक्षा दिइरहेको बताए । साथै यसअघि असल बनाऔं, असल बनौं भन्ने मान्यताका साथ शिक्षा दिइरहेको सम्झना गरे ।
कार्यक्रममा स्कुलका संस्थापक प्रिसिपल राजभण्डारीले स्कुलका विविध विषयहरुमा जानकारी पनि गराए । साथै उनले स्कुलका सञ्चालक, शिक्षक, कर्मचारी, चालक, आयादिदी, इलेक्टिसियन, प्लम्बरलगायतका सम्पूर्ण कर्मचारीहरुको परिचय पनि गराए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार हाल स्कुलमा एक हजार दुई सय २९ विद्यार्थीहरु अध्ययनरत छन् । त्यहाँं शिक्षक कर्मचारी गरी एक सय ५० भन्दा वढी स्टाफहरु छन् ।
स्कुल पहिलो पटक भक्तपुरको झौखेलमा २०३९ सालबाट सञ्चालनमा आएको जनाइयो । स्कुलले २०५२ सालबाट एसईईमा सहभागी गराउन थालेको जनाइयो । यो वीचमा स्कुलबाट दुई हजार पाँंच सय ६३ जनाले एसइई उतीर्ण गरिसकेको जनाइयो । यो वर्ष एक सय १८ जना एसइईमा सहभागी भई परीक्षाफलको प्रतिक्षामा रहेको कार्यक्रममा जानकारी गराइयो । पछिल्लो एसइईमा देशभरबाट चार जना विद्यार्थीले चार जीपीए ल्याएकोमा स्कुलका दुई जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको जनाइयो । साथसाथै यो वीचमा एक पटक छात्रा बोर्ड फष्ट र एक पटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको जनाइयो ।
कार्यक्रमको उदघाटन राष्टिय गीतका सर्जक ब्याकुल माइलाले गरेका थिए । कार्यक्रममा स्कुलका विद्यार्थीले गीत, नृत्यलगायतबाट नवआगन्तुक विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए ।

तपाईको प्रतिक्रिया