विराटनगर । विराट मैथिल नाट्य परिषद तथा मैथली साहित्य अभियानको संयुक्त आयोजनामा बहु भाषीक कवि गोष्ठी कार्यक्रम शनिवार विरातनगर १ मा अवस्थित जेष्ठ नागरिक हक हित संरक्षण मञ्चको चौतारीमा सम्पन्न भएकोे छ ।
डोमी कामतको सभापतित्वमा भएको कार्यक्रममा राना सुधाकर , फुलु कुमार देव , सतिष कर्ण , अनिल किशोर कामत , उमेश यादव लगायत १५ जना कविले आफनो रचना वाचन गरेर वातावरण मन्त्रमुग्ध बनाए । भाषिक जागरणका लागी सस्थाले निरन्तर रुपमा कवि गोष्ठी गर्ने गरेको विराट मैथिल नाट्य परिषदका अध्यक्ष डोमी कामतले बताए । हरेक महिनाको अन्तिम शनिवार आफुहरुले स्थानिय कला भाषा र सस्कृतिको जर्गेन ागर्न साहित्यिक कार्यक्रम गर्ने गरेको उनको भनाई छ ।
बहु भाषीक कवि गोष्ठी कार्यक्रम सम्पन्न
