पाकिस्तानमा यो वर्ष सबैभन्दा धेरै कुन फिल्मलाई इन्टरनेटमा खोजियो भन्ने कुरा खुलासा भएको छ।

पाकिस्तानमा सबैभन्दा धेरै गुगलमा खोजिएको पहिलो नम्बरमा हलिउड फिल्म छ। हलिउड फिल्म ‘ओपनहाइमर’ गुगलमा धेरै खोजिएको फिल्म हो। यो फिल्म क्रिस्टोफर नोलनले निर्देशन गरेका थिए।

यस्तै दोस्रोमा रहेको छ शाहरूख खानको फिल्म ‘जवान’। यो फिल्मले बक्स अफिसमा रेकर्ड तोडेको थियो। तेस्रो नम्बरमा पनि शाहरूख खानकै फिल्म ‘पठान’ रहेको छ। चौथो नम्बरमा हलिउड फिल्म ‘बार्बी’ रहेको छ। ग्रेटा गेरविगले निर्देशन गरेको यो फिल्म युवापुस्ताले खुबै मनपराएका थिए। यही फिल्मको कारण पछिल्लो पिंक ट्रेन्ड सुरू भएको थियो।

पाचौं नम्बरमा सलमान खानको फिल्म ‘टाइगर ३’ पाकिस्तानमा धेरै खोजिएको छ। त्यस्तै छैटौं नम्बरमा फिल्म ‘गदर २’ रहेको छ। सनी देओलको मुख्य भूमिका रहेको फिल्मले पनि बक्स अफिसमा धमाका मच्चाएको थियो।

पाकिस्तानमा पनि भारतीय फिल्म मनपराउने दर्शक रहेको खुलासा भएको छ। साथै शाहरूख र सलमानको फिल्मको दुवै देशबीच हुने भएकोले उनीहरूको फिल्मलाई पाकिस्तानमा निकै मन पराउँछन्।

तपाईको प्रतिक्रिया