- सरोज सङ्गम म्याग्दी

यहाँ कोहि असफल, कोहि सफल छ ।
हरेकको जीवनमा, अनेकौं हलचल छ ।

महोदय, तपाईले खोज्ने, मन नगरेर हो,
तपाई भित्र नै, खुसीको सुन्दर महल छ ।

मख्ख पर्दिन, त्यो क्षणिकको प्रशंसाले,
मलाई थाहा छ, मेरो कस्तो धरातल छ ।

मैले सम्झिएन नसोच, बिर्सेको कहाँ छु,
ए प्रिया तिम्रो माया त, मनमा अटल छ ।

स्वागत गर्नेछु, खरिद गर्ने हिम्मत छ भने,
मैले बिक्रीमा राखेको, पीडाको पसल छ ।
सरोज सङ्गम
म्याग्दी

तपाईको प्रतिक्रिया