मुम्बई– भारतको विवादास्पद रियालिटी शो बिग बोसको सीजन १७ को प्रसारण प्रारम्भ भएदेखि नै चर्चामा आइरहेको छ ।

यसपटकको बिग बोसमा अंकिता लोखन्डे–विक्की जोनले पनि भाग लिएका छन् ।

कार्यक्रममा सहभागि हुने क्रममा अंकिताले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसंग आफु टेलिभिजन सीरीयल ‘पवित्र रिश्ता’ बाट एक–अर्कालाई डेट गर्न थालेको बताएकी छिन् ।

त्यहि क्रममा उनले आफ्नो र सुशान्तको ब्रेकअपका बारेमा पनि कुरा गरेकी छिन् । उनी भन्छिन् – ‘एकै रातमा केहि कुराहरु परिवर्तन भए । त्यस्तो केहि कुरा थियो, जसका कारण सबै उलटपलट भयो र त्यसपछि हामी दुबै अलग भयौँ ।’ बिग बोसमा कारण पछिल्लो समय अंकिता पुनः चर्चामा आएकी छिन् ।

तपाईको प्रतिक्रिया