काठमाण्डौ कार्तिक ०२ – नेपाल सरकारका उपसचिव तथा ललितपुर जिल्लाको साहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले आफुलाई साहित्यकार तथा गीतकारको रुपमा प्रस्तुत गरेका छन् । सुनुवारले “लिखु नदी तिरैतिर” बोलको गीत मार्फत आफुलाई साहित्यकार तथा गीतकारको फरक रूपमा फरक परिचय दिएका हुन् ।
रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं २ मा जन्मिएका सुनुवारले एल्बमको नाम नैं लिखु नदी तिरै तिर जुराइएका छन् । सरकारी सेवा सँगसँगै सामजिक काममा पनि त्यतिकै सक्रिय सुनुवार उही ब्यक्ति हुन जो काभ्रे जिल्लाको साहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला काभ्रेली जनताबाट वाहीवाही पाएका थिए । सुनुवारको लिखु नदी तिरै तिर बोलको गीतमा महेश मुखिया सुनियारको स्वर तथा संगीत सुन्न सकिन्छ भनें म्यूजिक भिडियोमा पनि संगीतकार तथा गाएक तथा रचनाकार दुवैको अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला