काठमाडौं । गायक विजय रुम्बा लामाले आफनो नयाँ तामाङ सेलो गीत ‘ओठमा लाली’ लाइ सार्वजनिक गरेका छ्न । छेवाङ तेन्जिंग लामाको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई गायक विजय रुम्बा लामाको युट्युब च्यानल ( Bijay Rumba Lama) मार्फत रिलिज गरिएको हो ।
प्रेम लोप्चनको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सुजाता थापा मगर ,प्रेम लोप्चन,संजीव तामाङ र दिपेश जंग शाहको अभिनय रहेको छ ।स्वयं विजयको नै क्यामेरा र सम्पादन रहेको भिडियोमा स्रोता एबम दर्शकको सतप्रतिशत सकारात्मक कमेन्ट आएका छन ।
छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )
