काठमाण्डौ भाद्र ३१ – नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघले आफ्नो तेश्रो साधारणसभा तथा प्रथम महाधिबेसन आज काठमाण्डौको धुम्बाराही स्थित लर्ड पार्टी भेन्युको हलमा सम्पन्न गरेको छ । नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघ २०७७ सालमा स्थापना भएको हो । उक्त कार्यक्रमका अध्यक्षता केशर बहादुर बुढाथोकीले गरेका थिए । उनि संस्थाका वर्तमान अध्यक्ष समेत हुन् । केशर आजको महाधिबेशन बाट निबर्तमान भैसकेका छन् । साथै उनि पुनः दोहोरिएका छन् । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि प्रकाश ज्वाला ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु संघका सल्लाहाकार नबिन बुढाथोकी, लोक दोहोरी व्यवसायी महासंघका संयोजक मिलन श्रेष्ठ, नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघ ललितपुरका अध्यक्ष बिष्णु खड्का, संघका बानेस्वर कोटेश्वरका अध्यक्ष आशिस खड्का, महानगरीय प्रहरी बिट महाराजगन्जका प्रमुख अमर बहादुर थापा, अभियन्ता पुण्य गौतम लगायत रहेका थिए ।
कार्यक्रमलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि प्रकाश ज्वाला ज्युले रिबन काटेर दियोमा प्रजोलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य राख्ने क्रममा सल्लाहकार नबिन बुढाथोकीले महाधिबेशन भाद्र २५ गते सम्पन्न गर्ने भनिएता पनि प्रमुख अतिथि ज्युको समय अभावको कारण उहाँकै पर्खाइको लागी कार्यक्रम भाद्र ३१ गतेको सारेको बताए । उनले नेपाल अधिराज्य भर रहेका करिब ६-७ सयको संख्यामा रहेको डान्स रेष्टुरेन्ट तथा दोहोरीमा कार्यरत १० लाख भन्दा बढी पेशाकर्मीहरुको हकहितका निमित्त नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघ लागी परिरहेको बताए । बुढाथोकीले यति धेरैले रोजगार प्राप्त गरेको रात्रिकालिन व्यवसायलाई चौबिसै घण्टा संचालन गर्न पाउनु पर्ने राज्य संग माग राखेका छन् ।
संघको तेश्रो साधारणसभा तथा प्रथम माहधिबेसनमा आफ्नो भनाई राख्दै आवाज बिहिनहरुको आवाज बुलन्द गर्ने अभियन्ता पुण्य गौतमले रात्रीकालिन व्यवसायबाट राज्यलाई ठुलो परिणाममा ट्याक्स भरिरहेकोले यसलाई निर्वाद रुपमा संचालन हुन दिन पर्ने धारणा राखे । उनले व्यवसायमा बिल तिर्ने बेलामा ग्राहकहरुबाट आउने बिबिन्न समस्यालाई समाधान गर्न प्रहरीको सहायता लिने गरिएकोमा संचालकहरु बाट आएको गुनासो अनुसार संचालकलाई नै प्रहरीले लैजाने गरेकोमा यस्तो नगरी सत्यतथ्य बुजेर जस्तोसुकै पहुचवाला भएता पनि कारबाही गर्न प्रसासन समक्ष अनुरोध गरे । गौतमले रात्रीकालिन व्यवसायमा संलग्न धेरै पेशकर्मी दिदिबहिनीमा हुने हिंसा र जिउ ज्यानको सुरक्षाका निमित्त पनि ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा महानगरीय प्रहरी बिट महाराजगन्जका प्रमुख अमर बहादुर थापाले, व्यवसायी मर्यादा भित्र रहेर संचालनमा आइरहेको बिभिन्न रात्रीकालिन व्यवसायमा लाई निर्वाद रुपमा संचालन हुनदिन शान्ति सुरक्षाको तर्फबाट प्रशासन चौबिसै घण्टा तयार रहेको बताए । उनले गोजीमा पैसा भएर दोहोरी, डान्स रेष्टुरेन्ट तथा क्लबमा गई मधिरा सेबन गरेर घर फर्किदा सवारी साधन दुर्घटनामा परी धेरैले ज्यान गुमाएको तथ्य सुनाउँदै यस्तो अवस्थामा आफ्नो व्यवसायको ख्याल नगरी उक्त ग्राहकलाई उसको मदिरा पचाउन सक्ने क्षमतालाई संचालकले ख्याल गरिदिएमा दुर्घटनामा पनि न्यूनता आउने कुरा सुनाए । थापाले रात्रीकालिन व्यवसाय संचालनको क्रममा केहि पेशाकर्मी यौन हिंसाको सिकारमा समेत पर्न सक्ने सम्भावनालाई ख्याल गर्दै यसतर्फ पनि संचालकहरुले ध्यान दिनुपर्ने बताए । उनले दिनभरी काम गरेर आफ्नो घरमा आनन्दले सुत्न पाउनु पर्ने पनि सर्वसाधारणको नैसर्गिक अधिकार हो, त्यसैले यस्तो अवस्थामा रिपोर्ट परेर प्रहरी कुनै व्यवसाय स्थलमा पुग्दा बजिरहेको साउण्ड बन्द गर्न आग्रह गरेको खण्डमा पनि संचालकहरुले ख्याल राखिदिन अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि प्रकाश ज्वाला ज्युले महाधिबेशनबाट नव निर्वाचित पदाधिकारीले आफ्नो स्वार्थका निमित्त भन्दा पनि कयौं कलाकार तथा समग्र व्यवसायीको हकहितका निमित्त भूमिका निर्वाह गर्ने कुरामा बिस्वस्त रहेको कुरा सुनाए । जसले आफ्नो व्यवसाय धरासाहीमा राखेर पनि अन्य व्यक्तित्वको व्यवसायको ख्याल गरोस्, उनले भने । ज्वालाले नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघले ब्यबस्थित रुपमा लेखेर दिएको खण्डमा आफ्नो तर्फबाट आवस्यक ठाउँमा पुर्याउने र व्यवसायीका साथै पेशाकर्मिको हकहितका निमित्त कुनै पनि नीतिगत, नियमका कुरा, व्यवसाय हितका सम्बोधन गर्न पर्ने कुरा लगायत अन्य बिषयवस्तुमा आफुले व्यक्तिगत तर्फबाट पनि भूमिका निर्वाह गर्ने कुरा बताए । उनले कयौं सर्वसाधारणहरुले रात्रीकालिन व्यवसायबाट रोजगार प्राप्त गरेको उल्लेख गर्दै रोजगारी नभई समाजबादको परिकल्पना गर्न नसकिने र गरिबी न्यूनीकरण गर्न नसकिने कुरा प्रस्ट्याए । उनले भने, यसर्थ रात्रीकालिन व्यवसायबाट राज्य र समाजका निमित्त ठुलो सहयोग भएको भएछ ।
महाधिबेशनको बिशेष उद्घाटन सत्रलाई लोकप्रिय गायक माधब थापाले संचालन गरेका थिए । प्रत्यक्ष रुपमा रात्रीकालिन व्यवासायी संग जोडिएका उनले कार्यक्रम संचालनको क्रममा सम्पूर्ण रात्रीकालिन व्यसायीको बारेमा बिश्लेसण समेत गरेका थिए ।
नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघको प्रथम माहधिबेसनबाट नवनिर्वाचित पदाधिकारीहरु
अध्यक्ष केशर बहादुर बुढाथोकी
वरिष्ठ उपाध्यक्ष अर्जुन बस्नेत
प्रथम उपाध्यक्ष निमा लामा
दृतिय उपाध्यक्ष सम्भु खड्का
महिला उपाध्यक्ष गङ्गा मगर
महासचिव माधब थापा
सचिब गोपाल बहादुर बटाला
सहसचिव करन ठगुन्ना
कोषाध्यक्ष जीवन बुढाथोकी
सह कोषाध्यक्ष मिरा गिरी
सदस्य पासाङ शेर्पा
सदस्य राजु गुरुङ्ग
सदस्य साम्तेङ्ग लामा
संयोजक दुर्गा खत्री
सह संयोजक सम्भु श्रेष्ठ
सह संयोजक सागर साही
सह संयोजक सन्जय तामाङ्ग
सह संयोजक रेसम श्रेष्ठ