काठमाण्डौ भाद्र २२ – “चौतारीमा पिपल र बर ” बोलको गीतको अत्यधिक चर्चा पश्चात लोकदोहोरी गायक इन्द्र तामाङ्गले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । पेशाले सवारी चालक रहेका उनले यसपालिको प्रस्तुतिमा आफु जस्तै अशंख्य सवारी चालकहरुको यथार्थ जिबन भोगाईलाई आफ्नो गीतमा समाबेस गरेका छन् । उक्त गीत “गयो जिबन” बोलको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको रसमा आफ्नो मौलिकता मासिन हुन्न भन्ने मान्यता राख्ने इन्द्रले यस भन्दा पहिला पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् ।

“गयो जिबन” बोलको गीतमा इन्द्र तामाङ्ग र अर्चना स्याङ्गतान सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय बिष्णु तामाङ्गले भरेका हुन् भने शब्द तेजमान तामाङ्ग र इन्द्र तामाङ्गको रहेको छ । निकै मर्मस्पर्सी स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा इन्द्र तामाङ्ग र स्वस्तिका ओझाको आकर्षक अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन राम के.सी र सम्पादन बिष्णु खड्काले गरेका छन् । गीतलाई रोयल मुभिजको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया