रोशन पोखरेल , श्रावण ३१ , काठमाण्डौ
विराटगरमा ३ मा रहेको पोखरिया मावीलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेश कै अग्रणी स्थानमा रहेको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो ।
पोखरिया मावीले सामुदायिका शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।
उच्च माध्यमिक तहदेखि १२ सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र प्राविधिक घार तर्फ कम्प्युटर इन्जिनियरिङ्गमा अध्ययन हुँदै आएको छ । अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन कक्षा ११ बाटै पहल गर्छ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । सामुदायिक विद्यालय तर्फ पोखरिया माविले विशिष्ट स्थान हासिंल गरेको छ ।