काठमाण्डौ असर २९ – लोकप्रिय गायिका अमृता रायमाझीको पछिल्लो लोक दोहोरी गीत “अच्छा लेकिन” भर्खरै सार्बजनिक भएको छ । निकै समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल उनि बिशेष गरेर प्रत्यक्ष दोहोरी तर्फ जनमानस माझ परिचित छिन् । हाल दोहोरी साँझमा समेत क्रियासिल रहेर अमृताले आफ्नो पछिल्लो लोक दोहोरीको रुपमा “अच्छा लेकिन” बोलको गीतलाई सार्बजनिक गरेकी हुन् ।

सानु के.सी र अमृता रायमाझी द्वारा स्वर बद्ध यस गीतलाई लय किरण गौतमले भरेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । गीतको मिठासता जस्तै यस गीतको म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा लोमस शर्मा, लक्ष्मी दर्नाल, रामकुमार खतिवडा र बिनिता दाहालको अभिनय देख्न सकिन्छ ।

मिलन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई सन्तोष तिमल्सिनाले छायांकन गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन् । गायिका अमृता, पहिलेका आफ्ना प्रस्तुतिमालाई जसरी माया गरिदिनु भयो उसै गरेर नै यस प्रस्तुतिलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन परईदिनु हुनेकुरामा ढुक्क छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया