हाम्रो शरीरमा यस्ता धेरै तत्त्व हुन्छन् जसले हाम्रो यौन जीवनलाई असर गर्छ । यदि शरीरमा यी तत्त्वहरूको कमी भयो भने हाम्रो यौन सम्पर्क राख्ने इच्छा घट्छ र यौनप्रति असन्तुष्टि उत्पन्न हुन्छ । यसले हाम्रो शरीरमा मात्र नभई दिमागमा पनि नकारात्मक प्रभाव पार्छ ।
थाहा पाउनुहोस् शरीरमा कुन तत्त्वको कमीले गर्दा यौनमा रुचि उत्पन्न हुन्छ… यदि हाम्रो शरीरमा आइरनको कमी भयो भने यसले हाम्रो यौन जीवनमा असर गर्छ । शरीरमा आइरन तत्त्वको कमीका कारण महिला र पुरुषको यौन जीवनमा फरक–फरक असर पर्छ । यदि तपाई पनि यस्तै महसुस गर्दै हुनुहुन्छ वा तपाईँको यौन जीवन राम्रो चलिरहेको छैन भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् । वास्तवमा महिलाको शरीरमा आइरनको कमीका कारण यौन सम्पर्कमा सुस्तता आउने गर्छ ।
यस्तो अवस्थामा महिलाहरू आफ्नो यौन जीवनको पूर्ण मजा लिन पाउँदैनन् र कहिलेकाहीँ यो कुरा सम्बन्धमा तिक्तताको कारण पनि बन्न पुग्छ । आइरनको कमीका कारण महिलामा महिनावारीको समयमा अत्यधिक रगत बग्ने समस्या पनि हुने गर्छ । महिला जस्तै पुरुषको शरीरमा पनि आइरनको कमी भयो भने उनीहरूको यौन जीवनमा पनि धेरै किसिमले असर पर्छ । पुरुषमा यौनप्रति रुचिसँगै चिडचिडेपन पनि बढ्छ ।
यदि तपाईँ आफ्नो खुट्टामा जलन, बेचैनी र चिलाउने महसुस गर्दै हुनुहुन्छ भने, तपाईँको शरीरमा आइरनको कमी छ भनेर बुझ्नुहोस् । यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् । वास्तवमा, आइरनको कमीका कारण मुड स्विङ सुरु हुन्छ र टाउको दुखाइ पनि रहन्छ । यसले तपाईँको स्वभावलाई चिडचिडे बनाउँछ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ ।
अमरउजालाबाट भावानुवाद