काठमाडौं :

गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘भीर माहुरी’ को भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियोलाई शुक्रवार सार्वजनिक गरेको हो। मोहन थापाको शब्द रहेको यस गीतमा गायक आर सीले नै संगीत भरेका छन्।

डान्सिङ विट रहेको गीतको भिडियोमा रोशन केसी र प्रियंका कार्कीले कम्मर मर्काएका छन्। भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोलाई स्रोता तथा दर्शकले मन पराएका छन्। यस म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने, विकास दाहालको सम्पादन छ।

तपाईको प्रतिक्रिया