युवा निर्देशक अनुप चापागाई निर्देशित हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘आँखों से कह दो’ मा अनुप चापागाईको निर्देशन रहेको छ।
बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् ।
आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।
भिडियोलाई रहिल अहमद अफिसियल ( Raheel Ahmed Official ) च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । पछिल्लो समय नेपालमा पनि रामो राम्रो म्युजिक भिडियोहरु निर्माण हुन थालेको भन्ने यो भिडियो हेरे पछि प्रस्ट हुन्छ ।
युवा निर्देशक अनुप चापागाई निर्देशित हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक ( भिडियो )
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2023/02/3-2.jpg)